
![]() |
भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने भएको छ । विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।एसएलसीको पूरक परीक्षामा सहभागी भएका परीक्षार्थीले यसै वर्ष उच्च शिक्षा अध्ययन गर्न अवसर प्रदान गर्ने गरी एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गरी कोडिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । यस पटक परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएका थिए । - रासस

![]() |







0 comments:
Post a Comment