program1

Sujan Khanal1

program2

Sujan Khanal2

program3

Sujan Khanal3

program4

Sujan Khanal4

program5

Sujan Khanal5

Tuesday, September 15, 2015

संविधान जारी गर्ने मिति घोषणापछि भारतले यसो भन्यो

काठमाडौं, भदौ २९ । संविधानसभाले असोज ३ गते संविधान जारी गर्ने मिति घोषणा गरेकै राति भारतीय विदेश मन्त्रालयले त्यसबारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयले सोमबार मध्यराति निकालेको विज्ञप्तीमा नेपाली राजनीतिक नेतृत्वले केही महिनायता घनिभुत छलफल गरी आपसी विचार विमर्श र वार्ताको माध्यमबाट संविधानको मस्यौदा बनाउन सफल भएको जनाउँदै नेपालको शान्ति, स्थिरता, एकता र विकासका लागि आफ्नो सदैव साथ रहेको स्पष्ट पारेको छ।



भारतले मधेससहितका केही भूभागमा चलिरहेको विरोध प्रदर्शन र संघर्षप्रति चिन्ता व्यक्त गर्दै भीषण हिंसाले एक पटक पुनस् नेपाली आत्मालार्इ हल्लाइदिएको जनाएको छ। यो अवस्थामा कुनै असन्तुष्ट समूहसँग हिंसाबाट मुक्त रहेर वार्ता र सकेसम्मअधिकतम सम्झौताको माध्यमबाट उनीहरूका माग सम्बधोन गर्न पनि भारतले आग्रह गरेको छ ।

ुहामी कुनै पनि मुद्दालार्इ हिंसाबाट मुक्त माहौलमा वार्ता र अधिकतम सम्भव समझौताको माध्यमबाट सम्बोधन गर्न सकिने कुरा दोहोर्‍याउँछौं। त्यसका लागि सबै राजनीतिक शक्ति र पक्षबाट लचिलो हुन हामी आग्रह गर्छौु, भारते भनेको छ, ुनयाँ संविधानले सबै क्षेत्र र वर्गका नेपाली तथा समाजका सबै वर्गको आवाजलार्इ स्थान दिन सक्नुपर्छ। शान्तिपूर्ण र समृद्ध नेपालका लागि संविधानलार्इ केन्द्रबिन्दु बनाएर नेपालको उज्ज्वल भविष्यका लागि सबैको आवाज समेटिने छ।ु

भारतीय विदेश मन्त्रालयबाट जारी विज्ञप्तीको नेपाली भावानुवाद
भारतले सधैंभरी नेपालको शान्ति, स्थिरता, एकता र विकासको समर्थन गर्दै आाएको छ । पछिल्लो दशकमा नेपालमा भइरहेका हिंसा, अस्थिरता, आन्तरिक संघर्ष र राजनीतिक कलहमा पनि नेपालको साथमा थियौं। साथै यी कुराको नकारात्मक परिणाम पनि देखिसकेका छौं।

नेपाल अप्रिल २०१५ मा एक ठूलो भूकम्पको झट्काबाट क्षतिग्रस्त भएको छ । भूकम्प देशको प्रमुख विनाशको कारण बन्यो, जब नेपाल यो संकटबाट बाहिर निस्कन सकेको थिए। अन्नपूर्ण पोष्टमा खबर छ ।

पोर्न सामाग्री हेर्नु राम्रो’ – सेक्स रिर्सच जर्नल

काठमाडौँ, २९ भदौ ।  तपाइको लुकी लुकी पोर्न सामाग्री हेर्ने बानी छ । धित मरुन्जेली पोर्न हेरेर आफुलाई कुलतमा फसेको भन्दै पश्चाताप त गरीरहनुभएको छैन रु यदी त्यस्तो बानी छ भने तपाइले आफुलाई घृणा गर्नुपर्दैन ।

अमेरीकामा हालै सम्पन्न एक अध्ययनले पोर्न चलचित्र वा पोर्न सामाग्री हेर्नेलाई राम्रा मानिसको सुचीमा राखेको छ । अमेरीकाको वयन्टरियोको पश्चिम विश्वविद्यालका अनुसन्धानकर्ताहरुले १० हजार पुरुष र १४ हजार महिलाहरुका बिचमा यो अध्ययन गरेको जनाएको छ ।
उक्त अध्ययनले पोर्न सामाग्री हेर्नेले महिलालाई सेक्स आकृतिका रुपमा मात्रै नर्हेने निष्कर्ष निकालेको छ । अध्ययनले पोर्न सामाग्रीलाई धेरै हेर्नेहरुमा लैगींक समानता, शक्तिशाली महिलाहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोच तथा आफुलाई महिला मैत्रीका रुपमा परिभाषित गरेको समेत उल्लेख गरिएको छ । यो अध्ययनलाई सेक्स रिर्सच जर्नलमा प्रकाशित गरिएको छ ।

संविधान जारी गर्ने दिन विप्लवको नेपाल बन्द

काठमाडौं । नयाँ संविधान लेखन प्रक्रिया भन्दा बाहिर रहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपमा माओवादीले नयाँ संविधान जारी गर्ने असोज ३  नेपाल बन्दको घोषणा गरेको छ । क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने संविधान ल्याउन लागेको भन्दै उसले बन्दको आयोजना गरेको प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।

?????????????????????????????????????????????????????????

‘यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ’, पार्टी
प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा मंगलवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

उसले  तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा विपरित भएको उसले दावी गरेको छ ।

माओवादीले  संविधानसभाबाट जनसंविधान जारी गरि  राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति लाई ठुला तीन दलले  निस्तेज पारेको  समेत आरोप लगाएको छ ।

‘नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।

Monday, September 14, 2015

बिहानी समयमा पानी पिउदा हुने फाइदाहरु

हरेक दिन बिहान उठ्ने बितिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ । यस बाहेक बैज्ञानिक परिक्षणले पनि पुष्टि गरेको छ कि नियमित निम्न तरिकाले पानी पिउने हो भने केहि त्यस्ता नयाँ पुराना रोगहरु टाउको दुख्ने, शरीर दुख्नु, हृदय प्रणाली, तेज धड्कन, मिर्गी, अत्यधिक मोटोपन, आस्थामा, क्षयरोग, मेनिनजाइटिस, मिर्गौला र मूत्र रोग, उल्टी, ग्यास्ट्रिक, मधुमेह, कब्जियत, आँखा रोग, कान, नाक र घाँटी रोग आदि नलाग्न, निको पार्न, अथवा बढ्न नदिन पानीले ठुलो मदत पुर्याउछ ।

पानी पिउने विधि
१. बिहान उठ्ने बित्तिकै ब्रस गर्नु अघि खाली पेटमा ४ गिलास १६० मिलिलिटर पानि पिउनुहोस।
२. अब ब्रस गर्नुहोस र अन्य दैनिकी नित्यकर्म गर्नुहोस तर पानि पिएको ४५ मिनेट फेरी केहि पेय पदार्थ नपिउनुहोस र केहि खाना पनि नखानुहोस।
३. ४५ मिनेट पछी तपाइले नियमित झैं नास्ता या खानपिन गर्न सक्नुहुन्छ।
४. नास्ता या अन्य बिहान बेलुकाको भोजन गरेको १५ मेनेट पछी २ घण्टा सम्म फेरी केहि खानपिन नगर्नुहोस।
५. जापानिज र चाइनिजहरु आफ्नो भोजन संग तातो चिया वा तातो सुप पिउने गर्छन । हामी पनि नक्कल गर्ने कि ? हुनत खाना संग एक गिलास चिसो पेय सबैलाई मन पर्छ । तर भोजनमा भएको चिल्लो पदार्थ पचाउन तातो पेयले मदत गर्छ भने चिसो पेयले जमाउछ ।
६. रोगी वा बिरामीले यदि सुरुमा ४ गिलास पानि पिउन कठिन हुन्छ भने जति सकिन्छ त्यति बाट सुरु गर्नुहोस र बिस्तारै बढाउदै ४ गिलासमा पुर्याउनुहोस्।

निम्न रोगहरु लाग्न नदिन, कम गर्न, निको पार्न माथिको पानी पिउने विधिले मदत गर्दछ ।
उच्च रक्तचाप – ३० दिन
गैस्ट्रिक – १० दिन
मधुमेह – ३० दिन
क्यान्सर – १८० दिन
क्षयरोग – ९० दिन

माथिको विधि अनुसार पानी पिउदा साइड इफेक्ट केहि हुदैन निश्चिन्त हुनुहोस तर केहि बेर लगातार पिसाब लाग्ने छ । यो विधिलाई सबैले आफ्नो दैनिकी बनाउने हो भने स्वस्थ रहन मदत पुग्ने छ । दैनिक कति मात्रामा पानी पिउने भन्ने प्रश्नको उत्तर फरक फरक हुन सक्छ । स्वास्थ्य स्थिति, वातावरण र सारीरिक क्रियाकलाप अनुसार पिउने पानीको मात्रा फरक होला तर सामान्य अवस्थामा स्वस्थ मानिसलाइ दैनिक ३ देखि ४ लिटर तरल पदार्थको आवश्यकता पर्दछ ।

केहि मात्रामा तरल पदार्थ फलफुल र खानाको माध्यम बाट पनि आपूर्ति हुन्छ । मानव शरीरका प्राय सबै प्रणालीलाई पानी चाहिन्छ । पानीले नै हो शरीरमा भएका बिकारलाई पसिना र पिसाबको माध्यमबाट बाहिर निकाल्छ, हरेक कोषहरूमा पौष्टिक आहार पुर्याउछ, नाक कान् र घांटीमा ओसिलो पन राख्छ ।

त्यसैले माथिको विधि अनुसार दैनिक पानी पिउन सुरु गरौ, स्वस्थ रहौ । गर्मीको महिना र शारीरिक ब्यायम गर्दा साबिकको भन्दा बेसी पानी पिउने बानी बसालौ ।

संविधानसभाको अन्तीम भाषणपछि प्रचण्ड चारैतिर वाहवाही, सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा बधाई र शुभकामनाको ओईरो

काठमाडौं - संविधानसभाको अन्तिम सम्वोधनले प्रचण्डको समग्र छविमा फेरबदल आएको महसुस गरिएको छ। प्रचण्डको छविमा दोस्रो संविधानसभापछि लगातार स्वखलन हुँदै गएको थियो। प्रधानमन्त्री पदबाट राजिनामा दिए यता प्रचण्ड लगातार गिर्दै गएका थिए ।



उनको साख र स्वीकार्यतामा ठुलो परिवर्तन भएको थियो। कुनै बेला पार्टीमा उनको विरुद्ध बोल्ने अवस्था थिएन तर शान्तिप्रक्रियामा आइसकेपछी उनकै नेतृ्त्वको पार्टी ५ टुक्रा भएको थियो। उनि विरुद्ध पार्टी भित्रबाट विरोधका स्वरहरु ठुलो स्वरमा सुनिन थालेको धेरै भयो ।

पहिलो संविधानसभाले फेल खाएपछि त उनलाई धारे हात लगाउनेको संख्या यति बढयो कि सामाजिक सञ्जालमा उनका विरुद्ध लहर नै आयो। उनलाई जति गाली सायदै अरु नेताले खाएका होलान्। तर पछिल्ला संविधानसभामा आइतबार गरेको ’सन्तुलित’ भाषणपछि प्रचण्डको छविमा ठुलो अन्तर आएको छ। उनलाइ प्रंशसा गर्दे फेसबुक र ट्विटरमा स्टाटस र ट्विटका बाढी आएका छन्।

खासगरी सधैको ल्याङल्याङले आजित भएकाहरु प्रचण्डको पछिल्लो अडानले खुसी भएका छन्। प्रचण्डले संविधानमा आफ्ना मुद्धा नआएपनि देशलाइ एउटा निकास दिएरै छाड्ने भन्दै संविधानका लागि ठुलो कसरत गरेका थिए। उनको दौडधुप धेरैलाइ मन पर्यो ।

जनमानसमा भारतले नेपालमा स्थिरता हुन नदिने छाप परेको थियो। अन्तिम समयमा आएर भारतले जे भन्यो त्यही हुने भन्दै धेरै निरास थिए। धेरैले अपेक्षा गरेअनुसार नेपालका लागि भारतीय राजदुतले दौडाहपनि चलाएका थिए । तर उनको चासोलाई नसुन्दै प्रचण्डको जसरी संविधानसभालाइ एउटा प्रक्रियामा छिराउन सहयोग गरे त्यसले उनिप्रति सकारात्मक छवि बन्यो।

प्रचण्ड यसअघि बनाउने भन्दा पनि बिगार्ने नेताका रुपना बढि ’प्रोजेक्सन’ भएका थिए। तर संविधानसभामा उनको पछिल्ला गतिवधीले उनको स्वीकार्यता अन्य पार्टीमा समेत बढाइदियो। यिनै पृष्ठभुमिमा प्रचण्डले आइतबार संविधानसभामा अन्तिम भाषण गरे। भाषण निकै सन्तुलित थियो र सबै पक्षलाई सन्बोधन गर्ने कोसिस गरिएको थियो। धेरै पछि प्रचण्डको भाषणका अन्य दलका सभासदले पनि टेबल ठोकेका थिए ।

के थियो प्रचण्डको भाषणमा ?

यो संविधानको मस्यौदमा धेरेको रगत लत्पतिएको छ । यो संविधानलाई नेपाली जनताको सबै तह र तप्काको आफ्नो संविधान बनाउनका लागि यो प्रयास हो । पहिलो संविधानसभाबाट संविधानसभा असफल भएपछि हामीले यो संविधानसभा पनि विघटन होला भन्ने कालो बादल मडारिन थाल्यो । त्यसैले हामीले अहिले धेरै कुरा गर्ने पक्षमा म छैन । हामीले यो बिचमा विभिन्न षडयन्त्र र चलखेल देख्यौं । नेपाली नेताहरु आफ्नो बाचा र बोली पुरा गर्न सक्दैनन् भन्ने पुष्टी गर्ने प्रयास चिर्न हामी सफल हुनै पर्छ ।

थारुहरुको माग जायज छन् । तर संविधान कुनै पनि हालतमा बनाउनु पर्छ नबनाएर झन ठूलो खतरा हुनछ भन्ने पनि लागेको छ । पहिला, कर्णाली, जनजाति, दलितका अधिकार सोचेजति सम्बोधन गर्न नसकेकोमा पीडा भएको छ । त्यो पीडा सबैभन्दा बढी एमाओवादीले नै भोगको छ । एमाओवादी कांग्रेस एमालेको सहयात्री पनि भएको छ ।

कांग्रेस एमाले मिल्दा दुई तिहाई पुग्ने भएकाले शासकिय स्वरुप, संघीयता लगायत महत्वपूर्ण विषयमा सम्झौता गरियो । तर आफूहरुका मुद्धा फरक मतको रुपमा रहनेछन्।

मधेसमा आन्दोलन चलेको छ । ठूलाठूला तोडफोड र हिंसात्मक आन्दोलन चलेको छ । राज्यले टाउकोमा गोली ठोक्ने र प्रहरीलाई निर्मम तरिकाले मार्ने काम पनि भएको छ । मधेसवादी दलका केही नेताले मधेसलाई छुट्टै देश बनाउने भनेर दिएको अभिव्यक्ति आत्मघाती र राष्ट्रघाती छ ।

दशकदेखि अड्कियो राजनीतिले नयाँ कोर्स लिएपछि प्रचण्ड स्वयमले हल्का महसुस गरेको हुनु पर्छ। नत्र माओवादीले उठाएर र स्थापित गरेका केही मुद्धा अन्यले नै हाइज्याक गरिसकेका थिए भने केहि मुद्धाले स्वयम पार्टीलाई सक्दै लगेको टिप्पणी सुन्न पाइन्थ्यो।

प्रचण्डले नयाँ राजनैतिक लाइनले एमाओवादीलाई अर्को वामपन्थी दल एमालेसंग पनि नजिक ल्याएको छ भने प्रचण्डले केपी ओलीको रुपमा नयाँ मित्र फेला पारेका छन्। रातोपाटीबाट

यौनप्यास पनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष

जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,  धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसल चलिरहेका छन् । बाँझोपनको उपचार गर्ने निहुँमा महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्न हौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ । ज्योतिषशास्त्रको सामान्य जानकारी पनि नभएकाहरू ‘ज्योतिष पण्डित’को साइनबोर्ड झुन्ड्याएर बसेका छन् । लुटेरा बाबा र माताका काला कर्तुत उतारेका छन्, अम्मर जिसीले ।

सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र ‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँ महिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाई प्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले ‘ज्योतिष सेवा’ दिइरहेका थिए । लामो चुल्ठो पालेका उनले एउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकै स्टुलमा एक अधबैँसे महिला राखेका थिए । महिलाको कपडाभित्र उनका दुवै हात सलबलाइरहेका थिए । ती महिलापछि एक किशोरीको पालो आयो । उनको पनि कपडा छिचोलेर पेटतिरबाट ज्योतिषका हात सलबलाउन थाले । ती किशोरी काउकुतीले भुतुक्क भइन् । ‘के काउकुती मान्या, मोरी’ भन्दै टीकाले गाला चिमोटे । पालो कुरिरहेका अन्य महिलासँग ठट्टा गर्दै उनले आफ्नो काम जारी राखे । अर्की छोरी समाएर बसेकी ती किशोरीकी आमा छेउमै थिइन् । किशोरीलाई चण्डीमा हात राख्न लगाएर कसम खुवाए ज्योतिषले, ‘अबदेखि बुवासँग रिसाउन्न । ठूलाले भनेको मान्छु । नराम्रो संगत छोड्छु…।’ त्यसपछि उनले किशोरीलाई कम्मरमा बुटी बानिदिए । र, शुल्क लिए, एक हजार रुपैयाँ ।

आधा घण्टाको बीच उनले चारपाँच जना महिलासँग यही प्रक्रिया दोहो¥याए । ‘मैले गाउँमै ज्योतिष विद्या पढेको हुँ,’ उनले शुक्रवार संवाददातासँग गाह्रो मानेर कुरा गरे, ‘यहाँ केन्द्र खोलेको १४ वर्ष भयो । धेरै विधि हुन्छन् ज्योतिष उपचारका । धेरैले विश्वास गरेर त अहिलेसम्म टिकेको छु । दिनमा कहिले पाँच सय त कहिले पाँच हजार रुपैयाँ कमाइन्छ । धेरैलाई निको पारिसकेको छु ।’
उनको यो केन्द्रमा धाउने अधिकांश महिला हुन्छन् । अस्पतालमा बिरामीको जत्तिकै त्यहाँ पनि लामै लाइन बस्नुपर्छ । ‘डाक्टरकोमा धाउँदाधाउँदा हैरान परेर उहाँकोमा आएकी छु,’ उपचार गराउने एक महिलाले भनिन्, ‘मलाई त डाक्टरको भन्दा गुरुबाको उपचारमा विश्वास लाग्छ । उहाँको झारफुकले पीडा कम भएको छ ।’
‘सेक्समार्फत उपचार’
नयाँबानेश्वरस्थित संविधासभा भवनको सीधा अगाडि छ, महाकाली ज्योतिष तथा हस्तरेखा विज्ञान केन्द्र । यसका सञ्चालक हुन्, आफूलाई चर्चित युवा ज्योतिष र ज्योतिषविद्यामा विद्यावारिधिको उपाधि पाएको बताउने हरि खरेल । सधैँजसो मान्छेहरूको भीडभाड भइरहने यो केन्द्र केही दिनदेखि बन्द छ । कारण, उनका कुकृत्यहरू सार्वजनिक भए ।

विभिन्न रोगको उपचारका लागि आफूकहाँ धाउने महिलालाई ‘मसँग सम्भोग गरेमात्र तपाईंको उपचार सफल हुन्छ’ भन्ने सल्लाह दिएर आफ्नो यौनप्यास पनि मेट्ने र पैसा पनि कुम्ल्याउने ज्योतिष हुन् उनी । केही सञ्चारमाध्यममा उनको शोषण सार्वजनिक भएपछि उनी अहिले सम्पर्कविहीन भएका छन् ।
केन्द्रको बोर्डमा लेखिएको छ, ‘कम उमेरमै देशविदेशमा प्रसिद्धि कमाउन सफल ज्योतिष हरि खरेलबाट मानसिक रोग, दम, हातगोडा नचल्ने, बाथ, सुगर, महिलाको मासिक गडबडी, सेतोपानी बग्ने, कम्मर दुख्ने बिरामीको उपचार ।’ देशविदेशका राजनेता, कलाकार, गायिका, नायक–नायिकाको ग्रहफल हेरिसकेका भनेर आकर्षक विज्ञापन पनि गरिएको छ ।

बाँझोपनको उपचारमा भौँतारिइरहेका पुजन (नाम परिवर्तन) को जोडी ज्योतिष खरेलसम्म पुग्यो । ‘पहिला त धेरै रिंगाए हामीलाई पनि । कहिले ग्रहदशा शान्त गर्ने, कहिले पूजाआजा गर्ने त कहिले दान गर्ने भनेर धेरै खर्च गराए,’ पुजनले भने, ‘ज्योतिषले मेरी श्रीमतीलाई ‘मसँग सेक्स गरेमात्र बच्चा हुन्छ’ भन्न थालेपछि हामी पछि हटेका हौँ ।’ उनका अनुसार ज्योतिष खरेलले आफूसँग सम्भोग गरेको तीन वर्षभित्र बच्चा जन्मने आश्वासन दिएका थिए । धेरै महिलाहरूले उपचार सफल हुने विश्वासमा खरेलले भनेअनुसार गरेको पुजनले बताए । ‘यस्ता पाखण्डी ज्योतिषलाई देखाएर के होला भनेर त्यसपछि हामी त्यहाँ जानै छोड्यौँ,’ उनले भने ।
पीडितहरूको जानकारीका आधारमा समस्या समाधानको पहल गरिरहेको बताए, वैदिक सनातन हिन्दू परिषद् संस्थागत संघर्ष समितिका उपाध्यक्ष रामेश्वर थापाले । ‘हरि खरेलबाट पीडित भएकाहरूको आग्रहमा हामीले यो पहल थालेको हौँ,’ उनले भने । खरेलले आफूमाथि लागेका सबै आरोप स्विकारेको र सुध्रने मौका मागेको उनले जानकारी दिए । ‘उनका दुई श्रीमतीसमेतलाई राखेर छलफल गर्दा खरेलले माफी माग्ने र अबदेखि त्यसो नगर्ने बताएका छन्,’ थापाले भने । उनका अनुसार ज्योतिष खरेलले लामो समयदेखि उपचारका नाममा महिलाहरूसँग शारीरिक सम्पर्क गर्दै आएका थिए । ‘विदेशमा श्रीमान् भएका श्रीमतीहरूलाई एक्लोपन हटाइदिने, कसैलाई जोडी मिलाउने त कसैलाई श्रीमान्–श्रीमती छुटाइदिनेसम्मका आश्वासन दिँदा रहेछन्,’ उनले भने । धर्मको खोल ओढेर मनपरी भ्रम सिर्जना गर्ने खरेलजस्ता व्यक्तिले ज्योतिष विज्ञान र हिन्दू धर्ममै गम्भीर आघात पुगेको थापाको ठहर छ ।

राष्ट्रिय ज्योतिष सेवा समितिका महासचिव विश्वप्रेम भट्टराईले भ्रमको खेती गर्ने ज्योतिषहरू देशव्यापी छरिएको बताए । ‘आफूलाई ज्योतिष बताउने यस्ता झुण्ड देशैभरि फैलिएका छन्,’ उनले भने, ‘राज्य तथा नागरिकका स्तरबाट थप कदम नचालिए समाजमा विकराल समस्या आउन सक्छ ।’
ललितपुर, पाटन, बंगलामुखीमा ग्रहदशासँगै हरेक खाले रोग निको पारिदिने लेखिएको एउटा बोर्ड देखिन्छ । महिलाको सेतोपानी बग्ने, पाठेघर खराबी, बाँझोपनलगायत थुप्रै रोग निको पारिदिने सूचनासहितको साइन बोर्ड हेरेर त्यहाँ छिर्ने धेरै हुन्छन् । सो बोर्डमा लेखिएका ज्योतिष कमलप्रसाद घिमिरे (शर्मा) आफू ज्योतिषविज्ञ नै भएको दाबी गर्छन् । ‘महिलाको सेतोपानी बग्ने समस्या १५ दिनको औषधि खाए चैट् पारिदिन्छु,’ उनले भने, ‘बाँझोपनको त ग्यारेन्टी दिएर औषधि गराउँछु । सेतोपानीको उपचारका लागि १५ सय र बाँझोपनका लागि २५ सय जति खर्च लाग्छ ।’ बच्चा हुन नसकेका कुनै पनि महिलाले पहिलो महिना तीन दिन र दोस्रो महिना चार दिन औषधि खाए गर्भ रहने उनको दाबी छ । ‘कति जनाको सफल भइसक्यो,’ उनी आफूले नसक्ने उपचार सायदै भएको दाबी गर्छन् ।

बाँझोपनको उपचारको पछि लाग्दा सामाखुशी बस्ने रीता (नाम परिवर्तन)को वैवाहिक जीवनमै पूर्णविराम लाग्यो । विवाह गरेको तीन वर्षसम्म सन्तान नभएपछि उनी साथीको सल्लाहमा आफूलाई ठूलो ज्योतिष बताउने ज्ञानकुण्ड बाबाकहाँ पुगेकी थिइन् । रीताको पूरै अवस्था बुझेपछि उनले टाढाबाट नातेदार पर्नेसँग विवाह गरेकाले ‘वंश’मा समस्या भएको बताए । हुन पनि त्यस्तै थियो, टाढाबाट दाजु नाता पर्नेसँग विवाह गरेर धादिङबाट भागेर काठमाडौँ आएकी थिइन् उनी । त्यसपछि ती बाबाले ‘साधुसँग सम्भोग’ गरेमात्रै कोख भरिने उपाय बताइदिए । भागी विवाहका कारण परिवारबाट एक्लिएकी उनी कुनै पनि हालतमा बच्चा चाहन्थिन् । उनले त्यस्तै गरिन् । ती बाबासँग सम्भोग गरेको दुई महिनासम्म पनि गर्भ नबसेपछि फेरि उनैकहाँ गइन् । बाबाले सात दिनसम्म त्यस्तो गर्नुपर्ने बताएपछि उनी तयार भइन् । एकदुई दिन लुकीछिपी भए पनि चौथो दिन रीताका श्रीमान्ले चाल पाए । उनको पिछा गर्दै जाँदा बाबासँग सम्भोगका लागि तयार भएको अवस्थामा भेटे । बाबालाई रगतपच्छे हुनेगरी पिटेर रीतालाई फिर्ता ल्याएका उनले केही दिनमै उनीसँग सम्बन्ध विच्छेद गरे । अहिले ती बाबा त्यो ठाउँबाट फरार छन् । रीता नयाँ बसपार्कको एक होटलमा भाँडा माझ्छिन् ।

फुटपाथैभरि ‘ज्योतिष’

२० वर्षीय दिवाराम गिरी भारत, आन्ध्रप्रदेशबाट काठमाडौँ आएको दुई वर्ष भयो । रत्नपार्क, सुन्धारा क्षेत्रका फुटपाथमा बसेर ज्योतिष कर्म गर्ने उनी आफूलाई ज्योतिष विद्याको पूरै ज्ञान भएको बताउँछन् । ‘मैले धेरै बिरामीलाई सञ्चो पारिसकेँ,’ उनले दाबी गरे, ‘सन्तान नजन्मेकालाई पनि उपचार गर्न सकिन्छ ।’ उनी ग्रहशान्ति गर्ने र भाग्यरेखा हेर्ने काम पनि गर्छन् । तर, धेरै आम्दानी बाँझोपनको उपचारबाट हुन्छ । बाँझोपनको उपचारका लागि शिवलिंगीजस्तो देखिने साना सातवटा दाना फलफूलमा हालेर सात दिन सेवन गर्नुपर्ने उनको तरिका छ ।
भारतबाटै आएका रिझनलाल यहाँ ज्योतिष काम गर्न लागेको १३ वर्ष भयो । ‘यहाँका धेरैले हामीलाई विश्वास गर्छन्,’ उनी दंग छन्, ‘जागिर नपाएका, विदेश जान लागेका केटाकेटी त झन् धेरै विश्वास गर्छन् ।’ उनको दैनिक कमाइ कति होला ? ‘कहिले पाँच सय त कहिले पाँच हजार पनि हुन्छ । फिक्स हुन्न,’ उनले भने ।  उनका अनुसार न्युरोडको संकटा मन्दिर छेउछाउमा मात्र भारतबाट आएका ३५ जना ज्योतिष छन् । ‘हामी सबैलाई ज्योतिष ज्ञान धेरै छ,’ नेपालीको भाग्य र भविष्य बताउन आफूहरू माहिर रहेको समेत उनी दाबी गर्छन् । सुरुमा ‘भेटी चढाउनुस्’बाट सुरु हुने उनीहरूको ज्योतिष विद्या अन्तिममा ‘इमोसनल ब्ल्याकमेलिङ’सम्म पुग्दा हात देखाउनेको गोजी रित्तिसकेको हुन्छ ।

संकटा मन्दिरकै छेउमा ज्योतिष काम गरेर भारत, बिहारमा तीनतले घर बनाइसकेको बताउने चिन्डीमोहन ४५ वर्षका भए । ‘घरमै सिकेको हो ज्योतिष,’ उनले भने, ‘नेपालमा कमाइ राम्रो हुन्छ । धेरैले विश्वास गर्छन् ।’ उनले ग्रहदशादेखि सबै रोगको उपचार गराउने जिम्मा लिन्छन् ।

माताका प्रपञ्च

काठमाडौँ, तीनकुनेकी सुनीता शाह हुनेखाने परिवारकी हुन् । उनी श्रीमान्की दोस्री श्रीमती हुन् । श्रीमान्ले थुपारिदिएको सुनलगायत धनमाल प्रशस्त थियो उनीसँग । उनको चिन्ताको विषय नै त्यही थियो, ‘यत्रो धनमाथि कसैले आँखा गाड्यो भने के होला ?’ त्यसै बेला उनको चिन्तामा घिउ थपिदिने एक माता प्रकट भइन् । माताकै भेषमा प्रकट भएकी भारतीय मूलकी ती महिलाले हात हेरिदिइन् सुनीताको । ‘तपाईंलाई ग्रहले घेरेको छ । त्यसैले धनसम्पत्ति शुद्ध गर्नुपर्छ,’ माताले कान फुकिहालिन् । सुनीतालाई पनि सम्पत्ति शुद्ध बनाउने मौका यही हो भन्ने लाग्यो । दराज र सुटकेसमा सुरक्षित गरिएका भएभरका गरगहना, पैसा, लालपूर्जा ल्याएर शुद्ध पार्न माताको जिम्मा लगाइदिइन् । माताले रचेको प्रपञ्च सफल  हुँदै थियो । सानो थैलोमा भरिएको माटोमा सुनीताको ‘सम्पत्ति’ हालेर चारैतिर चलाइन् । मन्त्रले कोठा गुञ्जायमान थियो । सुनीता मख्ख थिइन् । आधा घण्टापछि माताले थप उपाय बताइन् । ‘अब यो थैलो भोलिसम्म नखोल्नुस्,’ माता भोलि आउने भनेर त्यहाँबाट निस्किइन् । भोलिपल्ट माटो भरिएको झोला खोल्दा त दुइटा ढुंगा र लालपूर्जा मात्र । कतिबेला आँखा छलेर माताले नौ तोला सुन र दुई लाख रुपैयाँ नगद उछिट्याइन्, सुनीताले पत्तो पाइनन् ।
तथाकथित माताकै विश्वासमा परेर २० लाखको हिराको हार गुमाइन्, नयाँबजारकी विद्या खत्रीले । उनले पनि शुद्ध गर्ने नाममा मातालाई जिम्मा लाएको हार सुनीताकै जसरी एकैछिनमा विलीन भयो । ‘चामलको झोलामा हालेर झोला नै जिम्मा लगाइन्,’ विद्याले भनिन्, ‘त्यो हार त कतिबेला आफ्नो झोलामा हालिछिन्, पत्तै पाइनँ । मलाई त भाउन्न भयो ।’ जुन झोलामा हालेको त्यही झोला जिम्मा लाएपछि विश्वास गरेको उनले बताइन्, ‘सबै बित्यास पारिन् नि ।’ दाइजोमा पाएको हार माताले लुटेपछि अहिले घरमा बितण्डा मच्चिएको उनले बताइन् ।
सामाखुसीकी इच्छा गुरुङको कोठामा चोरी भयो । ल्यापटप, आइफोन, पैसा सबै चोरिएपछि उनले प्रहरीमा उजुरी गरिन् । तर, प्रहरीले चासो दिएन । त्यसपछि उनी मनमैजुकी प्रख्यात भनिने एक माताको ‘आश्रम’मा पुगिन् । ‘माताले हातमा कालो धुलो दलेर हेर्न लाउँथिन् र त्यसमा चोरीको सबै दृश्य देखिन्छ, ध्यान दिएर हेर भन्थिन्’, इच्छा भन्छिन्, ‘मैले केही नदेखेपछि मेरो बहिनी, साथी धेरैलाई हेर्न लगाइन् । कसैले देखेनन् ।’ नदेखिएपछि माताले ‘आज ग्रह मिलेन, भोलि आउनू’ भनिन् । भोलिपल्ट उनलाई बुटी बाँध्न लगाएर हेराइयो । बुटी लाउँदा पनि नेदेखिएपछि माताले इच्छाको ग्रहदशा खराब भएको सुनाइन् । कुरा गर्दै जाँदा इच्छाले आफू रोगी भएको बताइन् । माताले रोग निको पार्ने दाबी गर्दै अनेक रीतिरिवाज गर्न लगाइन् । ‘चोर समातिएला कि भनेर माताकोमा गएकी थिएँ,’ उनले भनिन्, ‘चोरको कुरा छोडेर माता त मेरो रोग निको पार्नतिर पो लागिन् । पन्ध्र÷बीस हजार रुपैयाँ सकिएपछि जान छोडेँ ।’

माताको भेषमा ठगी गर्ने र बाबाको भेषमा यौन प्यास मेटाउनेहरू हाम्रो गाउँ–शहरमा थुप्रै छन् । दुःखमा परेर रन्थनिएका र अन्धविश्वासी मानिस उनीहरूको शरणमा पर्ने गरेका छन् । बाबा र माता भनाउँदाले भने ज्योतिष विद्याका नाममा दुनियाँलाई लुटिरहेका छन् ।

‘ज्योतिष पेशा नै बदनाम पारे’
ज्यो. विश्वप्रेम भट्टराई
महासचिव, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति

खगोलीय अवस्थालाई अध्ययन गरी जन्मकाल र वर्तमान समयको आकलन गरी त्यसबाट निस्कने फल बताउने व्यक्ति हो, ज्योतिष । ज्योतिष विज्ञानका तन्त्र, मन्त्र, शक्ति, ग्रहगणनलगायत धेरै विद्या छन् । बिरामीको उपचार गर्ने पाटो पनि छ । तर, त्यसका लागि धेरै अनुभव, साधना, ज्ञान र विद्वता चाहिन्छ । सडकमा बसेर हात हेरेर, पेट छामेर, फुकफाक पारेर उपचार हुन सक्दैन ।

अहिले ज्योतिषविद्याका नाममा सडक, गल्ली र चोकचोकमा अपराध भइरहेका छन् । सरकार वा सम्बन्धित निकायले चासो दिएका छैनन् । यसमा मापदण्डको अभाव छ । डाक्टरलाई जसरी ज्योतिषलाई पनि लाइसेन्सको व्यवस्था गर्नुपर्छ । अहिले त केही काम पाएन भने पिताम्बर (पहेँलो कपडा) र टीका लगायो, भयो ज्योतिष । यसले गर्दा हाम्रो पेशा नै बदनाम भइसक्यो ।

कर्मकाण्ड र ज्योतिषशास्त्र फरक कुरा हुन् । पुरोहितवाद भनेको भ्रमको खेती हो । ज्योतिषको मुख्य क्षमता भनेको समयसूत्र र कालज्ञान हो । हिजो, आज र भोलि बताउन सक्ने हुनुपर्छ ज्योतिष । शक्ति र साधनाले सूर्यको अध्ययन गर्न सक्नुपर्छ । ग्रहगणनाका लागि गणितमा पोख्त हुनुपर्छ ।
बाँझोपनको उपचार गर्ने ज्योतिष होइन । यो त चिकित्सक र वैद्यराजको काम हो । ज्योतिष विज्ञान त कालको हुबहु साक्षात्कार गर्ने क्षेत्र हो । ग्रह र प्रकृतिको अध्ययन गरी केही सामान्य उपचार सफल हुन सक्छ । तर, ‘सबै ठीक पार्छु’ भन्नु पाखण्डबाहेक केही होइन ।

वैद्यराज, डाक्टर र ज्योतिषको समन्वय हुनुपर्छ । एकले अर्काको अस्तित्व स्विकार्नुपर्छ । वनस्पति र चिकित्सा विज्ञानलाई ज्योतिषले हेर्ने ग्रहचर आवश्यक हुन्छ । ग्रहको गोठालो हो, ज्योतिष ।
पहिलाका ऋषिमुनिले गरेका सम्भोग गरेर उपचार हुने पद्धति अब कथामा सीमित छन् । उनीहरूले जसरी मैले पनि सक्छु भन्नु व्यभिचार हो । अहिलेको समयमा यो शारीरिक शोषण हो, अपराध हो । हरि खरेलजस्ता अवैध कर्म र झुटका खेतीसम्बन्धी धेरै केस मैले सुन्न र देख्न पाएको छु । दुःख लाग्छ, यस्ता कुरा देख्दा र सुन्दा । मैले मात्र गरेर सक्ने यहाँ केही छैन । म त ज्योतिषको एउटा संगठनको पदाधिकारीमात्र हुँ । धेरै छन् यस्ता संगठन । राजनीतिक दलले सदस्यता दिए जस्तो त हो नि, यो पनि । जसले पनि पाउन सक्ने ।
यस्ता झुण्डहरूले पेशालाई नै बदनाम पारिसके । अब शुद्धीकरणको आवश्यकता छ । एक लाखजति ज्योतिष भनिने व्यक्ति नेपालमा छन् । त्यसमा पाँच हजारमात्र सच्चा ज्योतिष होलान् । हुन त सर्टिफिकेट नै किन्न पाइन्छ अहिले । जीवनभर अध्ययन, अनुसन्धान गरी विज्ञता हासिल गरेका व्यक्तिलाई यस्ता खबरले सास्ती दिइसक्यो ।

सम्भोग गरेर निको हुने सुनेर त्यसो गरिदिन आग्रह गर्नेहरू पनि आउँछन् । खबरदार, ज्योतिषबाट कामवासनाको आश नगर्नुस् । यसबाट उपचार हुने कुरो असम्भव छ  ।
एकजना मात्रै ज्योतिषको विश्वास नगर्नुस् । शास्त्रमै पढ्नुपर्छ, घटीमा चार जना ज्योतिषले सँगै बसेर निर्णय लिनुपर्छ । नेपालमा एउटा साझा केन्द्र, जुन सबैलाई मान्य होस्, को खाँचो छ ।
कहिलेकाहीँ हचुवामा गरेको उपचारले धेरैलाई प्रभावित गर्छ । त्यो त मानसिक शान्ति मात्र हो । त्यो दिगो हुँदैन । धामीझाँक्रीले गरेजस्तो काम हो त्यो । अहिले त पैसाको बलले यस्ता महाराज, उस्ता गुरु, सर्वोच्च व्यक्ति भनेर भ्रम फैलाइन्छ । शास्त्रलाई नै आघात पारिरहेको सबैले टुलुटुलु हेरिरहेछौँ । यहाँ त तस्करी गर्ने ज्योतिष पनि छन् ।

Sunday, September 13, 2015

[ब्लग] बाबुरामले सामाजिक संजालमा जे पनि लेख्न मिल्छ ?

भाद्र २७, २०७२- सन् २००८ को एक वर्षादी महिनाको एउटा बिहान हामी चियामा गफिंदै थियौँ ! जुकरबर्गले भर्खर फेसबुकमा मार्किंग गरेका थिए ! सामाजिक संजालको शक्तिको बहस भर्खर

शुरु हुँदै थियो ! म राजधानीको एउटा कलेजमा मास्टरी गर्थेँ, सँगै एउटा एफ.एम. रेडियोमा कार्यक्रम संयोजक पनि थिएँ ! बिस्तारै फेसबुक एकाउन्ट खोल्ने रहर र लहड आम मान्छेमा बढ्दै थियो ! अर्को बिहान डा. बाबुराम भट्टराईले फेसबुक एकाउन्ट खोलेको चर्चा आयो !

केही दिनदेखि म पनि फेसबुक एकाउन्ट खोल्ने सोच्दै थिएँ तर किन हो खोल्न सकेको थिइनँ ! डा. बाबुराम भट्टराईले खोलेपछि मैले पनि खोलें ! मलाई एकाउन्ट खोल्न यत्तिकै उत्प्रेरणा जाग्यो । एफ.एम. की समाचार कक्षकी बहिनी रुबिना श्रेष्ठले मेरो एकाउन्ट बनाइदिइन्, पहिलो फ्रेण्ड रिक्वेस्ट उनै प्रिय भट्टराईलाई पठाएँ तर उनले एसेप्ट गरेनन् ! म उनको साथी बन्न सकिनँ ।

वि.सं. २०५२ पछि विस्तारै जनयुद्धको लहर देशमा चल्दै थियो । परिवर्तनको आशमा बसेका नेपाली जनताले देशको मुहार फेर्नका निम्ति अर्को विकल्प पनि देखेका थिएनन् ।

समय अघि बढी नै रह्यो । २०५६ पछिको समय देश,जनता र नेताका निम्ति कष्टकर बन्दै थियो । कम्युनिस्ट सिद्धान्त र नेताका आदर्शले धेरैलाई भोको पेटमा बाँच्न सिकाइसकेको थियो । लाखौँ युवा युद्धमा होमिएका थिए, कोही पक्ष र कोही विपक्ष बनेर ।

म सानैदेखि विचारको पक्षपाती थिएँ । म जहिले नि आदर्शोन्मुख यथार्थवादलाई व्यवहारिकवाद बनाउनुपर्छ भन्ने अडान राख्थें । मलाई डा.बाबुराम भट्टराईका समाज परिवर्तनका विचारहरू मन पर्न थालिसकेका थिए ! म उनको विचार, बौद्धिकता र सिद्धान्तको फलोअर बनिसकेको थिएँ ! माफ गर्नुहोला, म उनको (वा कुनै) पार्टीको सदस्य वा कार्यकर्ता कहिल्यै बनिनँ ।

मेरो सिद्धान्तले कार्यकर्ता होइन, लिडिंग गर्ने परख राख्नुपर्छ भन्थ्यो, यदि गर्नुपर्यो भने ! फलतः म उनको विचारमा देशको परिवर्तित मुहारको कल्पना गर्न थालेँ । साँच्चै देश परिवर्तन गर्ने भट्टराईजस्तै युवा हुन्, जोसँग शिक्षा, चेतना, साहस, आँट र नेतृत्व लिन सक्ने क्षमता छ । म उनको फ्यान बनेँ । ०५६ पछि म राजधानीमा पढ्दै थिएँ । उनको विचार र बौद्धिकताको यस्तो क्रेज थियो कि दैनिक ब्रोडसिटमा उनको आर्टिकल प्रकाशन हुने बार बेलैमा पत्रिका पसलमा नपुगे पत्रिका पाइनथ्यो । पसलेले उनको आर्टिकलको फोटोकपी गरेर बेच्थ्यो । म धेरैपटक फोटोकपी आर्टिकल किन्ने ग्राहक पनि बनेँ ।

युद्धको विभीषिका आतातायी थियो । हजारौँ शहीद बनेँ । लाखौँ अपाङ्ग बनेँ । लाखौँका काख र कोख रित्तिए । सिउँदो पुछिए । लाखौंको संख्यामा नेपाली परदेशिन बाध्य भए । २०६२/०६३ ले योबाहेक केही दिन सकेन । युद्धका आँसु र घाउका डोब अझै निको भैसकेका छैनन् । माओवादी सत्तामा आयो । पहिलो संविधान सभा पनि तुहियो । संविधान बनेन । दोश्रो संविधान सभाले अहिले संविधान दिन्छ कि भन्ने आशमा बसेका नेपाली जनता यतिखेर नेताका आन्तरिक विखण्डनको दाउपेचीय चेपुवामा परेका छन् । यो समयमा धमिलो पानीमा छलाङ्ग मार्न खोज्नेमध्ये एक देखिएका छन्, मजस्तै धेरै युवाका आदर्श डा. बाबुराम भट्टराई ।

उनी पहिला विचारशील, तर्कशील र बौद्धिक नेता थिए, सबैका लागि । अहिले त्यस्ता देखिन छोडेका छन् ।

अहिलेको युग सामाजिक सञ्जाल र यसको शक्तिको युग हो । यसमा पनि उनी सबै नेता गणभन्दा अगाडि छन् । आजको मितिसम्म फेसबुकमा उनका १० लाख फलोअर छन् । ट्वीटरमा  सबैभन्दा अगाडि छन् दुई लाख पचास हजार फलोअरका साथमा । अहिले उनको फेसबुक र ट्वीटरको एक फलोअर म पनि छु ।

यिनले आजकल हरेक दिन फेसबुक पेजमा स्टाटस लेख्छन् । ट्वीट गर्छन् । लाइक, कमेन्टको वर्षा हुन्छ । आलोचनाको खहरे बग्छ । उनी मौन बस्छन् । कसैको जवाफ दिन्नन् । सायद दिनु पनि नपर्ला किनकि उनी लाखौँ प्रशंसकका आदर्श हुन् । आजकल उनको राजनीतिक भूमिकामा प्रश्न उठिरहेको छ । यो देशको अर्थ मन्त्री र प्रधान मन्त्री बनिसकेको मान्छेले किन जातीय, वर्गीय, क्षेत्रीय, धार्मिकलगायतका विवादस्पद फेसबुक स्टाटस लेख्दै छ र ट्वीट गर्दै छ ? यो आजको गम्भीर प्रश्न हो ।

संविधानको विधेयकमाथि संविधानसभामा मतदान गर्न स्थगित गरिएको भोलिपल्ट शनिबार बिहानै डा.साहबले आफ्नो फेसबुक पेजमार्फत खतरनाक घोषणा गरेका छन्- 'सुगौली सन्धिको यो २००औं वर्ष हो, आजको २४ घन्टाले पुर्खाले आर्जन गरेको र हामीले २०० वर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौँ  कि सक्दैनौँ भन्ने कुराको सायद फैसला गर्नेछ ।'

यो अभिव्यक्तिले अहिलेको देशको विषम परिस्थितिलाई सम्हाल्न मद्दत गर्छ कि बिगार्न ? जातीय, वर्गीय, क्षेत्रीयलगायतका मतभिन्नता रहेका जनताको आशंकामा मलजल गर्छ कि गर्दैन ? कहिले उनले पहाडेलाई लडाउने दाउ खोज्छन्, कहिले मधेशका भाइ-भाइमा मारामार गराउँछन् । सामाजिक सञ्जालको शक्ति पावरफुल छ भन्दैमा डा. महोदयले नेपालको सार्वभौमिकता, अखण्डता र नेपाली एकताका विरुद्ध बोल्न पाइन्छ कि पाइन्न ? मलाई आशा छ, डा. साबले यसको लिखित जवाफ जनतालाई दिनेछन् ।

जातीय विद्वेष र विखण्डनलाई ऊर्जा दिएको भन्दै आङ्काजी शेर्पालाई पक्रेको सरकारले सामाजिक संजालको दुरुपयोग गरेको भन्दै डा. भट्टाराईको फेसबुक र ट्वीटर बन्द गराउन पाउँछ कि पाउँदैन ? साइबर अपराधको मुद्धा डा. साहेबमाथि दर्ता हुन्छ कि हुन्न ?  राज्य, अब जनतालाई जवाफ दिनेबेला भयो ।

डा.साबका अब यस्ता स्टाटसको अपेक्षा छैन । उनी अबका दिनमा पनि यस्तै रहे भने उनको पुरानो छवि विपरितको छवि उनको बन्ने छ ।

देशको अखण्डता र स्वपहिचान गुम्न नदिऔं । जय, आमा नेपाल !