program1

Sujan Khanal1

program2

Sujan Khanal2

program3

Sujan Khanal3

program4

Sujan Khanal4

program5

Sujan Khanal5

Wednesday, September 24, 2014

क्यानडाः Express Entry प्रणालीमा सबैले आवेदन गर्न पाउने, आवेदन संख्याको सीमा नरहने


टोरोन्टो । आगामी सन २०१५ जनवरी देखि प्रारम्भ हुन लागेको क्यानडा सरकारको Express Entry प्रणालीमा जुनसुकै व्यवशायमा कार्य गरेको र कुनैपनि विबषयमा अध्ययन भएका व्यक्तिहरुले आवेदन गर्न पाउने छन् भने आवेदकहरुको संख्याको कुनै सिमा नरहने जनाइएको छ । हाल प्रचलित Federal Skilled Worker प्रणालीमा २०१४ डिसेम्बरसम्ममा जम्मा ५० वटा व्यवशायका २५,००० वटा मात्र आवेदन लिइनेमा उक्त सीमा सन २०१५ देखि रहने छैन । कुनैपनि बिषयमा अध्ययन गरेका र कुनैपनि व्यवशायमा काम गरेका व्यक्तिहरुले Express Entry मार्फत स्थायी भिसा आवेदन गर्न सक्नेछन् ।
क्यानडाको अध्यागमन विभागबाट प्राप्त जानकारीअनुसार Express Entry प्रणालीमा निम्न तरिकाले अगाडी बढ्न सकिने छः
१) सबैभन्दा पहिले इच्छुक व्यक्तिहरुले क्यानडा सरकारको Express Entry Pool मा इन्टरनेट मार्फत आफ्नो व्यक्तिगत बिबरण पेश गरी क्यानडामा बसोवास गर्न इच्छा जाहेर गर्नुपर्दछ ।
२) तत्पश्चात उक्त व्यक्तिको बिबरणअनुसार उमेर, शैक्षिक योग्यता, कामको अनुभव, अंग्रेजी भाषाको ज्ञान, आदी लगाएतको अध्ययन गरी क्यानडाको लागि दक्ष जनशक्ति मानिएमा Express Entry Pool मा सो आवेदकको बिबरण प्रकाशित गरिनेछ । दक्ष जनशक्तिको मतलब उक्त व्यक्ति क्यानडामा गएर काम गर्न र त्यहाँको कम्पनीहरुको माग बमोजिमको शैक्षिक एवं सीप भएको हुनेपर्दछ ।
३) त्यसरी Express Entry Pool मा राख्नका लागि योग्य मानिएका आवेदकहरुको बिवरणलाई क्यानडाका कम्पनीहरुले आफ्नो आवश्यकताबमोजिम छनौट गरी क्यानडामा कामको अफर (Job Offer) प्रदान गर्नेछ । आवेदकले आफै ती कम्पनीहरुमा क्यानडाको जबव्यांक (Job Bank) मार्फत Job Offer का लागि आवेदन गर्नुपर्नेहुन्छ । त्यसका लागि आवेदकले Job Bank (http://www.jobbank.gc.ca) मा खाता खोली आफ्नो बिबरण प्रकाशित गर्नुपर्ने र कम्पनीहरुसँग सम्पर्कमा रहनुपर्ने हुन्छ ।
४) यसरी कामको अफर (Job Offer) प्राप्त व्यक्तिहरुलाई क्यानडाको अध्यागमन बिभागले क्यानडाको स्थायी भिसा आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । उक्त आमन्त्रण प्राप्त भएको दुई महिनाभित्रमा आवेदन गरीसक्नुपर्नेहुन्छ ।
५) कामको अफर नपाएका व्यक्तिहरु यदी धेरै मागभएको व्यवशायमा काम गरेका र सोही प्रकारका सीप भएको पाइएमा क्यानडा सरकारले सिँधा स्थायी भिसाको लागि आवेदन समेत गर्न सक्नेछ । यस बारेमा भने वृस्तीत विवरण पछि आउने छ ।
६) क्यानडाको स्थायी भिसा आवेदन गरेपश्चात ६ महिना भित्रमा भिसा पाउन सकिनेछ ।
क्यानडा सरकारले Express Entry मार्फत निम्न उल्लेखित क्याटेगोरीमा आवेदन लिने जनाइएको छः
  • Federal Skilled Worker
  • Federal Skilled Trade
  • Canada Experience Class
  • Provincial Nominee Program
Express Entry मार्फत स्थायी भिसाको लागि आवेदन प्राप्त भएपश्चात माथि उल्लेखित कुनै पनि क्याटेगोरीमा आवेदन गर्न सकिने जनाइएको छ । त्यसैगरी माथि उल्लेखित क्याटेगोरीहरुमा यही डिसेम्बर २०१४ सम्ममात्र आवेदन लिइने र तत्पश्चात सबै आवेदन हरु Express Entry मार्फत लिइने छ ।
क्यानडाले बर्षेनी दुई लाख पचास हजारभन्दा बढी व्यक्तिहरुलाई बिभिन्न तवरले स्थायी भिसा दिने गर्दछ ।
क्यानडामा हाल करिब २०,००० नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको अनुमान गरिएको छ ।

Tuesday, September 9, 2014

कुन महिनामा जन्मिएका महिला वा पुरुष कस्तो हुन्छन?

बैशाख- यो महिनामा जन्मिने मानिस प्रसन्न, आस्तिक, सात्विक, प्रकिति भएको संकटकालमा पनि साहसका साथ कार्य गर्न सक्नी हुन्छन

जेष्ठ - यो महिनाको मानिस चतुर, पौरखी,
तिखो बुद्धि, घमण्डी, ब्यापारमा सफलता, चरित्रले युक्त हुन्छन

असार - यो महिनाको महा अल्छी, रोगि, मुर्ख, कहल प्रिय, कुनै कार्य उल्टो गर्न खोज्ने, विचारै नगरी लहैलयामा लाग्ने हुन्छन

साउन - यो महिनाको मानिस
विलासिताको जीवन बिताउन खोज्ने, धनि,
विद्वान, सांसारिक सुख भोग गर्न पाउने हुन्छन

भदौ - यो महिनाको मानिस पुरुष भए महिलाको र महिला भए पुरुषको सेवा गर्ने, विलासिताको जीवन बिताउने, प्राय बिरामी परिरहने, घर भन्दा बाहिरै बस्न बढी मनपराउने, आटेको काम गरि हाल्ने हुन्छन

अशोज - यो महिनाको मानिस कम आयु भएको, समाजसेबी, सम्मान पाउने, उदार दिल भएको, महिलाको कारण अपजस पाउने हुन्छन

कार्तिक - यो महिनाको मानिस केहि अल्छी, काम कम कुरा धेरै गर्ने, सुख दुख ख्यालै न गरि जीवन बिताउने, सत्रु धेरै भएको हुन्छ

मङ्सिर - यो महिनाको मानिस धर्मात्मा,
बिद्द्वान, बढी भ्रमण गर्ने, यश कृति सम्पति प्राप्त गर्ने, पारिवारिक जीवन सुखमय बिताउने हुन्छन

पौष - यो महिनाको मानिस धनवान, चतुर, काम मा कुसल , विलासिताको कारण दुख पाउने, बिरामी परि रहने हुन्छन

माघ - यो महिनाको मानिस शान्त, सौम्य ,
समयसी, परोपकारी, साधारण जीवन बिताउने, यात्रा गर्दा अपजसको भागिदारी हुने गर्छन


फागुन - यो महिनाको मानिस कामुक, बिलासिता,
संगीतकारको प्रेमी, अनुरागी, अनौठा कार्य गर्ने, बिना कारण अपयशको भागिदारी हुने गर्दछन

चैत्र - यो महिनाको मानिस प्रसन्न र
हसिलो चेहराको हुन्छन, धर्ममा आस्था रख्नी, सात्विक प्रकृतिको, दुर्दर्सि बिचार राख्ने, संकट आउदा साहसका साथ सामना गर्न सक्ने हुन्छन

आउँदैछ संसारको सबैभन्दा महँगो भिडियो गेम


यो वर्षको सबैभन्दा ठूलो र अहिलेसम्मको सबैभन्दा महँगो भिडियोगेम आज अर्थात मंगलबार सार्वजनिक हुने खबर आएको छ । यो भिडियोगेमलाई ‘डेस्टिनी’ नाम दिइएको छ र यसको एक करोड उपभोक्ता हुने अनुमान गरिएको छ ।
अमेरिकास्थित भिडियो गेम डेभलपर–बंगीद्वारा तयार गरिएको यो साई–फाई भिडियोगेममार्फत ७०० वर्ष अगाडिसम्म जान सकिन्छ । यो गेममार्फत मानिसहरु अन्तरिक्षको यात्रा गर्नसक्नेछन् र यो खेलमा भाग लिने मानिसहरुले एलियन्सको प्रहारबाट बच्नुपर्ने हुन्छ । समाचार पत्र ‘गार्जियन’ का अनुसार यो प्रोजेक्टमा ५० करोड डलर खर्च भएको छ ।
यो खेललाई अनलाईनमा मात्र खेल्न सकिनेछ जसका कारण यसमा भाग लिने मानिसहरुले एक अर्काको खेलको बारेमा आफ्नो बिचार साझा गर्न सक्नेछन् । खेलमा एलियन्सको आक्रमणबाट समूहमा अथवा एक्लै बचाउ गर्न सकिनेछ । यो खेलमार्फत मानिसहरु पृथ्वीको साथासाथै शुक्र, मंगल र चन्द्रमाको यात्रा गर्न सक्नेछन्

Monday, September 8, 2014

गर्लफ्रेन्ड नहुनुका फाइदाहरु र बेफाइदाहरु

<><> फाइदाहरु <>< >
१. पैसा र समय दुबैको बचत
२. जुनसुकै सुन्दरीलाइ
पनि निर्धक्कसंग हेर्न छुट
३. स्टाइल फेसन आदि कुराको कुनै
चिन्ता नहुनु
४. टाइम बेटाइमको कल/मिसकल
बाट
छुटकारा
५. बाउआमा र नातागोता र छर
छिमेकबाट
चोर जस्तो लुकी लुकी हिड्न
नपर्ने !
जुनसुकै रेस्टुरेन्टमा निर्धक्क र
मनलागेको खानेकुरा मन
नबाँधी खान
पाइने
६. झुठ बोल्नबाट
छुटकारा (गर्लफ्रेन्डको रुप, फेसन,
मेकअप आदिको झुठो भए
पनि तारिफ गर्नै पर्ने हुनाले)
अब, गर्लफ्रेन्ड नहुनुको एउटै

<><> बेफाइदा <><>
१. जुनसुकै बेलामा पनि गर्लफ्रेन्ड
नभएको बारेमा चिन्ता गरेर
माथि उल्लेखित कुनै
पनि फाइदा उठाउन
नसक्नु !

'वैदेशिक रोजगारीमा गैसकेकाले ख्याल गर्नुपर्ने कुरा''

''कुनै पनि देशको कानुन, धर्म, संस्कृति, भाषा, चालचलन थाहा नपाउँदा नेपाली कामदारले ठूलै संकट बेहोर्नुपरेका थुप्रै घटना छन्। सुन्दा, हेर्दा सामान्य लाग्ने कुरा थाहा नपाउँदा फन्दामा पार्न सकिन्छ। कसैले माग्दैमा आफ्नो पासपोर्ट दिनु हुँदैन, सुरक्षित रूपमा आफ्नो साथमै राख्नुपर्छ।''
भिसाको म्याद र पासपोर्टको म्याद समयमै थप्नुपर्छ। यदि समयमै थपिएन भने खाडी मुलुकमा कोर्रा लगाउने तथा दण्ड, सजाय तिराउने व्यवस्था छ। आफूले गर्ने काममा दक्ष हुनुपर्छ। जुन भिसामा गइएको छ, त्यही काम गर्नुपर्छ। ट्राफिक नियम नजानेरै धेरैजसो कामदारको मृत्यु हुने गरेको छ। ट्राफिक नियम देशैपिच्छे फरक हुन सक्छ। खाडी मुलुकहरूमा बाटो काट्दा सडक किनारका खम्बामा प्रेस गरेपछि हरियो बत्ती बल्छ। त्यसपछि गाडी रोकिएपछि मात्र बाटो काट्नुपर्छ '
आफूले काम गर्ने देशको धर्म, संस्कृति, परम्परा, भाषा एवं रहनसहनको एकदमै ख्याल गर्नुपर्छ। जुन मुलुकमा पुगे पनि त्यहाँको धर्म, संस्कृतिसँग सम्बन्धित कुराको आलोचना, वादविवाद वा वहस गर्नु उचित हँुदैन। मक्का, मदिनाजस्ता सहरमा घुम्न, मस्जिदभित्र पस्न मुस्लिम धर्मावलम्बीबाहेक अरूलाई अनुमति नभएकाले नजानु नै बेस हुन्छ। खाडी मुलुकहरूमा प्रार्थना गर्दा ओछ्याइएको कुनै पनि कुरा टेक्नु हुँदैन भने प्रार्थना गरिरहेको ठाउँमा अगाडिबाट हिँड्नु हुँदैन।'
साउदी अरेबियामा त्यहाँका कुनै नागरिकसँग कुरा गर्दा वा भेट्दा उनीहरूले बाँधेको फेटालाई छुनु हुँदैन। मुसलमानहरू व्रत बस्ने महिनाको बिहान सूर्योदयदेखि बेलुकी सूर्यास्तसम्म सार्वजनिक स्थलमा खाना खान, पानी पिउन, चुरोट वा खैनी सेवन गर्न मनाही भएकाले त्यस्तो कार्य गरेको खण्डमा धार्मिक पुलिस मुतवाले समातेर दण्ड सजाय दिन सक्छन्।
साउदी अरेयिबा र खाडी मुलुकका अधिकांश नागरिकसामु रक्सी एवं सुँगुरको मासुको कुरै नगर्नु बेस हुन्छ। यी कुरा इस्लाम धर्मविरोधी हुन्। महिलाहरूलाई सीधै नजरले, एकोहोरो हेर्नु हुँदैन। यदि हेरेको खण्डमा बिनाबर्दीका सिआइडीले समात्न सक्छन्। चोक, चोक र गल्लीमा खटिएका सिआइडीले समातेपछि पुलिसले समातेको भन्दा कडा कानुन लाग्छ।'
धेरै मानिस एकै ठाउँमा भेला भएर बन्द, हड्ताल एवं राजनीतिक बहस गर्नु हुँदैन। यसो गरेको अवस्थामा जेल पर्न सकिन्छ वा सीधै आफ्नै मुलुक फर्काइदिन सक्छन्। खाडी मुलुकहरूले आईएलओ र युएन कन्भेन्सनमा हस्ताक्षर गरेका छैनन्। त्यसैले त्यहाँ बन्द, विरोधबाट कुनै परिणाम निस्कँदैन।
कसैको तस्बिर लिन चाहे सम्बन्धित व्यक्तिसँग पहिले अनुमति माग्नुपर्छ। एयरपोर्ट, आर्मी क्याम्प, प्रहरी कार्यालय तथा सरकारी कार्यालयमा तस्बिर लिनु छ भने त्यहाँ बसेका सुरक्षाकर्मी वा कर्मचारीसँग सोधपुछ गरेर मात्र क्यामेरा निकाल्नुपर्छ।'

डलरको मूल्य बढ्दा कसैलाई फाइदा, कसैलाई बेफाइदा


तत्काल डलरको मूल्य बढ्ने क्रम रोकिए पनि नेपालको लागि चिन्ताको समय सकिएको छैन । अहिले डलरको मूल्य ९३ रुपैयाँको हाराहारीमा रहेको छ, जबकि ९० रुपैयाँभन्दा माथिको मूल्य ३/४ महिनाभन्दा बढी कायम रह्यो भने नेपालको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ । पाँच वर्षको अन्तरालमा डलरको मूल्य ७२ देखि ९४ रुपैयाँको बीचमा रहेको छ । डलरको मूल्य ७५ बाट तल झर्दा र ९० बाट माथि चढ्दा अर्थतन्त्रमा प्रतिकूल असर परेको पाइएको छ । डलरको मूल्यले विभिन्न पक्षमाथि सकारात्मक र नकारात्मक दुवै असर पार्ने गर्दछ । -
मूल्यवृद्धि
नेपालमा वाषिर्क बजेटको रकम -अहिले करिब ४ खर्ब) बराबर व्यापार घाटा रहेको छ । उपभोग गरिने अधिकांश वस्तु डलरमा भुक्तानी गरेर आयात गरिने हुँदा यहाँ महँगो पर्न जान्छ । मानौं, पहिले १ डलरको वस्तु आयात गर्दा ८० रुपैयाँ तिरे पुग्थ्यो भने अहिले ९३ रुपैयाँ तिर्नुपर्ने भयो । आजको मूल्यमा अर्डर गरिएको सामान सामान्यतयाः तीन महिनापछि आयात हुने भएको हुनाले यसको असर पनि त्यतिखेर पर्दछ ।
नेपाली मुद्रासँग भारुको सटही दर १ सय ६० रुपैयाँ यथावत रहेको भए पनि भारुमा सामान आयात गर्दा समेत महँगो पर्ने गर्छ । भारतमा तयार हुने वस्तुको लागि त्यहाँका उद्योगले डलरमा कच्चा पदार्थ आयात गरेका हुन्छन् । पहिले ५० भारु साटेर भारतीय उद्योगले १ डलरको कच्चा सामान किन्थे भने अहिले ५७ भारु साटेर मात्र १ डलरको सामान पाउँछन् । त्यसैले नेपालले पहिले ५० भारुमा किन्ने सामानको मूल्य अहिले ५७ भारु पर्न जान्छ ।
निर्यात
आफ्नो देशको मुद्रा कमजोर हुँदा निर्यात बढाउन सजिलो हुन्छ । पहिले १ डलरमा विदेशीले नेपालबाट ७५ रुपैयाँको सामान किन्न सक्थ्यो, अहिले १ डलरभन्दा कम पैसामा त्यो सामान किन्न सक्छ । यसरी सस्तोमा पाएपछि नेपालको सामान बढी निर्यात हुने सम्भावना रहन्छ । तर, यो सिद्धान्त नेपालको हकमा लागू हुँदैन । नेपालको निर्यात आधार अत्यन्तै सानो भएको र माग बढे पनि निर्यात गर्न सक्ने गरी यहाँ पर्याप्त सामान नभएको हुनाले निर्यात बढ्ने सम्भावना छैन ।
रेमिटान्स
विभिन्न देशबाट नेपालीले अमेरिकी डलरमा रेमिटान्स पठाउँछन् । डलरको मूल्य बढेको बेला यहाँ आफन्तले बढी पैसा पाउँछन् । त्यसैले डलरको मूल्य बढेको बेला कामदारहरुले जम्मा गरेर राखेको पैसा नेपाल पठाउँछन् र रेमिटान्सको आप्रवाह वृद्धि हुन्छ । यद्यपि सबै देशमा काम गर्ने कामदारले डलरको मूल्यवृद्धिबाट फाइदा पाउन सक्दैनन् ।
नेपाली कामदारले स्थानीय मुद्रामा तलब प्राप्त गर्छ र त्यहाँको मुद्रा पनि नेपालको जस्तै डलरसँग अवमूल्यन भएको छ भने कामदारले कुनै लाभ पाउँदैन । मानौं ३ रिंगिटले १ डलर साटेर नेपाल पठाउँदा ८० रुपैयाँ प्राप्त हुन्थ्यो भने अहिले १ डलर साट्न मलेशियामा ३.५ रिंगिट तिर्नुपर्‍यो भने नेपालमा ९० रुपैयाँ पाए पनि केही फाइदा हुँदैन । डलरसँग भारु वा नेरुको अवमूल्यन हङकङ डलर, दिराम, रिंगिट र रियालको तुलनामा बढी भएको कारण मात्र नेपाली कामदारलाई लाभ भएको हो ।
सरकारी खर्च
सरकारले बजेटमा पुँजीगत खर्चको लागि मुख्य स्रोत विदेशी ऋणलाई मानेको हुन्छ । नेपाल राष्ट्र बैंकमा सरकारको नेपाली मुद्रामा खोलिएको खाता हुन्छ । ऋणको किस्ता र ब्याज सरकारले तत्काल डलर किनेर भुक्तानी गर्ने गर्दछ । मानौं सरकारले डलर सस्तो भएको समयमा १ डलर ऋण लिंदा राष्ट्र बैंकबाट ७२ रुपैयाँ पाएको थियो भने अहिले सो ऋणको सावाँ मात्र तिर्दा राष्ट्र बैंकमा ९३ रुपैयाँ बुझाउनुपर्छ ।
नेपाल विद्युत प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले खिम्ती र भोटेकोशी पावर हाउस सञ्चालक कम्पनीलाई बिजुली किनेको पैसा डलरमै तिर्ने सम्झौता गरेको छ । डलरको मूल्य सस्तो हुँदा प्राधिकरणले नेपाली मुद्रा कम खर्च गरेर उत्ति डलर भुक्तानी गर्न सक्छ भने महँगो हुँदा नेपाली मुद्रा धेरै खर्च हुन्छ । त्यसैले डलरको मूल्य वृद्धिले प्राधिकरणलाई घाटा मात्र हुन जान्छ ।
विदेश जाने व्यक्ति
पढ्न वा अन्य कामले विदेश जाने नेपालीको खर्च डलरको मूल्य बढेको बेला ज्यादा हुन्छ । विदेशमा चाहिने डलर उत्ति नै भए पनि यहाँबाट डलर साटेर जाँदा बढी पैसा तिर्नुपर्छ । विदेश पढ्न जानेले वाषिर्क २२ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको देखिन्छ । डलरको मूल्य बढेको बेला पढ्न जाँदा वा अध्ययनरत व्यक्तिलाई यहाँबाट पैसा पठाइदिंदा धेरै रुपैयाँ बुझाउनुपर्छ ।
उद्योगी
डलरको मूल्य बढ्दा विदेशी सामान महँगो हुने कारण स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्ने उद्योगलाई फाइदा हुने देखिन्छ । त्यस्ता उद्योगको उत्पादनको मूल्य नबढ्ने हुँदा विदेशीको तुलनामा प्रतिस्पर्धी मूल्य कायम भई बिक्री बढ्न सक्छ । स्वदेशी कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने सामान निर्यात गर्ने उद्यमीले पनि पहिलेकै लागतमा थप आम्दानी गर्न सक्छन् ।
विदेशी लगानी
कुनै मुलुकको मुद्रा कमजोर हुँदा त्यहाँ विदेशी लगानी बढ्ने सम्भावना हुन्छ । पहिले नेपालमा ७५ करोडको कुनै उद्योग खोल्न विदेशीले १ करोड डलर खर्च गर्नुपर्दथ्यो भने अहिले त्यति लगानी गर्दा यहाँ ९३ करोडको उद्योग खोल्न सकिन्छ । यस्तै, यहाँ कमाएको मुनाफा अहिले फिर्ता लैजाँदा उसलाई घाटा पर्ने भएको हुनाले पुनर्लगानी गर्ने सम्भावना रहन्छ ।

Sunday, September 7, 2014

यो वर्ष अहिलेसम्मकै बढी लोडसेडिङ हुने


भदौ २३–बिजुली संकट कम गर्न नेपाल विद्युत प्राधिकरणले ‘हरसम्भव प्रयास गरेको’बताउँदै आए पनि आउँदो हिउँदमा सर्वसाधारणले दैनिक १७ घन्टासम्म लोडसेडिङ सामना गर्नुपर्नेछ ।
मागभन्दा कम आपुर्ति,उत्पादन नथपिनु,प्रणाली सुधारमा प्राधिकरणको वेवास्था र अत्यधिक चुहावतका कारण गत वर्षभन्दा आउँदो हिउँदमा विद्युत संकट थपिने प्राधिकरणका अधिकारीको प्रक्षेपण छ ।
यो वर्ष अधिकतम १२ घन्टाभन्दा बढी लोडसेडिङ नहुने प्राधिकरणको औपचारिक दाबी थियो । तर प्रसारण प्रणालीमा माग पुरा गर्ने गरी पर्याप्त विजुली नहुँदा लोडसेडिङ बढाउनुपर्ने स्थिती आएको प्राधिकरणका कर्मचारी बताउँछन् । ‘अहिले नै लोडसेडिङ बढी हुन्छ भन्दा विरोध हुन्छ तर बिजुली नै नभएपछि सर्वसाधारणलार्य ढाँट्नु बेकार हो,’ प्राधिकरणका एक उच्च अधिकारीले भने ।
प्राधिकरणले गत वर्ष हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ गरेको थियो । यो वर्ष हिउँदको उच्च माग करिब एक हजार तीन सय ५० मेगावटसम्म पुग्ने प्रक्षेपण छ । आपुर्ति भने यसको ५० प्रतिशत पनि नहुने भार प्रेषण केन्द्रको अनुमान रहेको आजको नागरिक दैनिकमा खबर छ ।

कुखुरा मासुको मुल्य घट्योकुखुरा मासुको मुल्य घट्यो

चितवन,भदौ २२–कुखुराको मासुको मूल्य लगातार घट्दा ब्रोइलर पाल्ने किसान मर्कामा परेका छन् । चितवनमा कुखुरा ब्यवसायी मञ्चले मासुको उपभोक्ता मूल्य प्रतिकेजी दुई सय २० रुपैंयाँ र किसानसँग किन्ने जिउँदो कुखुराको मूल्य प्रतिकिलो एक सय १५ रुपैंयाँ कायम गरेको छ । किसानहरु यो भन्दा पनि कम मूल्यमा किनबेच हुने गरेको बताउँछन् । किसानले प्रतिकिलो सयदेखि एक सय १० रुपैंयाँसम्म पाएका छन्, नवलपरासी अमरापुरीका ब्रोइलरपालक धनपति ज्ञवालीले भने । चितवन नवलपुर कुखुरा पालक संघका अध्यक्ष दीपक पाण्डे यो मूल्य लागत भन्दा कम भन्छन् । किसानले डेढ महिनाअघि प्रतिगोटा ७५ रुपैंयाँ चल्ला किनेर खोरमा राखेका थिए । ‘राम्रो दाना खायो भने एउटा चल्ला ४५ दिनपछि बढीमा अढाइ किलोसम्म हुन्छ । सामान्यतः दुई किलोभन्दा बढी हुँदैन । अहिले ७५ देखि ८० रुपैंयाँ गोटा चल्ला हालेका किसानले हुर्काएर बेच्दा मुस्किलले दुई सय ३० रुपैंयाँ पाउँछन्,’अध्यक्ष ज्ञवालीले भने ।

ए‌सएलसी पूरक परीक्षामा ६५.२१ प्रतिशत पास

काठमाडौं: यस वर्षको प्रवेशिका (एसएलसी) को पुरक परीक्षामा ६५.२१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार परीक्षामा १ लाख २० हजार ३ सय १७ जना सहभागी भएकोमा ७८ हजार ४ सय ५३ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णु वहादुर द्वारेले बताए। उनका अनुसार परीक्षामा सहभागी ६५ हजार ३ सय ७८ जना छात्रामध्ये ४१ हजार ६ सय २२ जना उत्तीर्ण भएका छन्। नतिजा अनुसार प्रथम श्रेणीमा २ हजार एक जना, दोस्रो श्रेणीमा ५९ हजार ८६ जना र तृतिय श्रेणीमा १७ हजार ३ सय ६६ जना उत्तीर्ण भएका छन्। २ सय ४४ जनाको परक्षिा स्थगित गरिएको तथा ४८ जनाको रद्द गरिएको परीक्षा नियन्त्रक द्वारेले बताए।

Saturday, September 6, 2014

एसएलसी पूरक परीक्षाको परीक्षाफल एकसाता भित्र

भक्तपुर: परीक्षा नियन्त्रण कार्यालय सानोथिमिले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने भएको छ । विसं २०७० को एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गरिएको मौका परीक्षाको परीक्षाफल आगामी एकसाताभित्र सार्वजनिक गर्ने तयारी गरेको परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेले जानकारी दिए ।
एसएलसीको पूरक परीक्षामा सहभागी भएका परीक्षार्थीले यसै वर्ष उच्च शिक्षा अध्ययन गर्न अवसर प्रदान गर्ने गरी एसएलसी पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गरी कोडिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ । यस पटक परीक्षामा कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी भएका थिए । - रासस

आजदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)

भदौ २१ – बाढी पहिरोबाट प्रभावित बनेका विद्युतगृह समयमा सञ्चालनमा ल्याउन नसकेको भन्दै आजदेखि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय बढाएको छ ।
शनिबारदेखि लागु हुने गरी हप्ताको ५७ घण्टा लोडसेडिङ हुनेछ । यसअघि हप्ताको ५२ घण्टामात्र लोडसेडिङ हुन्थ्यो 

सभासदलाई विदेश जान रोक

कार्यतालिकाअनुसार संविधान लेखन कार्यले गति लिन लागिरहेकै बेला केही सभासदहरु भने विदेश भ्रमणको अन्तिम तयारीमा रहेका छन् । जिम्मेवार राजनीतिक दलहरुले आफ्ना सभासदहरुलाई यसरी विदेश जाने छूट दिनुहुँदैन थियो भन्ने आमधारणा रहेको पाइन्छ । सभामुख सुवासचन्द्र नेम्वाङले समेत सभासदहरुलाई विदेश भ्रमणमा नजान पटकपटक निर्देशन दिइसकेका  छन् । यति हुँदाहुँदै पनि नेकपा एमालेका सभासद प्रकाश ज्वालाको नेतृत्वमा सात सदस्यीय टोली मलेसिया भ्रमणको अन्तिम तयारीमा रहेको छ । यसैगरी, अर्को सभासदहरुको टोली असोजको दोस्रो साता चीन भ्रमणमा जाने भएको छ । यी सबैलाई सम्बन्धित दलले विदेश भ्रमणमा नजान कडा निर्देशन दिनुपर्ने आवश्यकता अहिले देखिएको छ ।
आगामी माघ ८ गते नयाँ संविधान जारी गर्ने प्रमुख राजनीतिक दलहरुको प्रतिबद्धता पूरा गर्ने हो भने सभासदहरु राजधानीमा मात्र केन्द्रित भएर संविधानको मस्यौदा तयार पार्ने काममा जुट्नु आवश्यक छ । विदेश भ्रमणमा जाने यो अनुकूल समय हुँदै होइन । सभासदहरुले सर्वप्रथम आफू जुन कामका लागि निर्वाचित भएको हो, त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्दछ । कुनै पनि सभासदलाई जनताले विदेश भ्रमण गर्न भनेर भोट दिएका होइनन् ।
जनता अब कुनै पनि बहानामा संविधान तोकिएको समयभन्दा पछाडि सार्न दिने पक्षमा रहेका छैनन् । त्यसैले, सभासदहरुले अब विदेश भ्रमणको मोह त्यागेर संविधान लेखन कार्यमा सक्रिय रुपमा सहभागी हुनुपर्दछ । आफूले जे कामका लागि राज्यकोषबाट तलबभत्ता खाएको हुन्छ, त्यसप्रति उत्तरदायी हुनु प्रत्येक सभासदको नैतिक कर्तव्य हुन आउँछ । जनभावनाको कदर सबै सभासदले यदि गरेनन् भने उनीहरु सबै जनताद्वारा आलोचित हुन बाध्य हुनेछन् ।
राजनीतिक दलहरुले पनि राष्ट्रिय आवश्यकता, समयको माग र जनचाहनासमेतको उच्च कदर गरेर कुनै पनि सभासदलाई विदेश भ्रमणमा जानबाट रोक लगाउनुपर्दछ । यो मायादया देखाउने र मोलाहिजा प्रदर्शन गर्ने समय अवश्य पनि होइन । जुन कामका लागि सभासदहरुले सपथ खाएका हुन्, त्यसप्रति उच्च सम्मान प्रदर्शन गर्नु सबै सभासदको प्रमुख कर्तव्य हो । आफ्नो मुख्य काम र कर्तव्यलाई एकातिर पन्छाएर अन्य विषयमा चासो र रूचि देखाउनु सभासदहरुको पनि गल्ती ठहरिने छ । तसर्थ, हाल तय भएको मलेसिया र चीनमा हुने सभासदहरुको भ्रमण रद्द गराएर राजनीतिक दलहरुले जनताप्रति र संविधानप्रति उत्तरदायी भएको कुरालाई प्रमाणित गरेर देखाउन सक्नु परेको छ ।

Friday, September 5, 2014

पूर्वी चितवनको रत्ननगर नगरपालिकाको चरम लापरबाहीका कारण नगरको विभिन्न चोकहरुमा दुर्घटनाको क्रम बढ्न थालेको छ ।



सडकमा अत्याधिक खाल्डा भएको लामो समय हुँदासमेत नगरपालिकाले मर्मतमा कुनै चासो नदिएपछि दुर्घटना बढ्न थालेको हो । वर्षा लागेसँगै पूर्व पश्चिम राजमार्गअन्र्तगत रत्ननगर क्षेत्रमा सडक भत्किएर खाल्डाखुल्डी हुँदा सवारी दुर्घटना भई मानवीय क्षति हुने सम्भावना बढ्दै गएको छ । रत्ननगरको बेल्सीपुलदेखि टिकौलीसम्म अहिले सयाँै खाल्डाखुल्डी देख्न सकिन्छ । सडकमा खाल्डाखुल्डी हुँदासमेत मर्मतमा नगरपालिकाले पहल नगर्दा सडक डिभिजन कार्यालयले कुनै चासो नदिएपछि दुर्घटना बढ्न थालेको हो । मर्मतका नगरपालिकाले सडक विभागलाई पत्राचार गरी काम सुरु गर्नुपर्ने भए पनि काम सुरु नगर्दा सडकको बिजोग भएको छ । रत्ननगरको टाँडी बजार क्षेत्र, सौराहाचोक, बकुल्लहरचोक, निपनीचोक, भानुचोक, कृष्णमन्दिरचोक, सिँचाईगेटचोक, सशस्त्र पेट्रोल पम्प र टिकौली जंगल क्षेत्रमा पर्ने सडकमा खाल्डो खुल्डी रहेका छन् । जसले सवारी साधन सञ्चालनमा कठिनाई र दुर्घटनामर्मत बढेको स्थानीय राजेन्द्र आचार्यले गुनासो गरेका छन् । खाल्डोभित्र गुडिरहेको सवारी साधन पसी दुर्घटना हुने गरेको उनले बताए । ती ठाउँमा गुड्दागुड्दै सडकमा रहेको खाल्डोभित्र पसेपछि एक हप्ताभित्र एक दर्जन बढी मोटरसाइकल चालक घाइते भएको ईलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयले सडकको मर्मत गर्ने जिम्मा पाएको सडक विभागले लामो समयसम्म पनि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम नगरेको भन्दै विरोध जारी राखेका छन् । यस क्षेत्रमा सडक समयमा नै मर्मत नहुँदा सवारी साधन प्रभावित हुने गरी बीच सडकमै ठूल्लाठूला खाल्डा बनेको स्थानीय दिपक श्रेष्ठले जानकारी दिए । उनले सडकमा जताततै खाल्डो बनेको लामो समय भइसक्दा सम्बन्धित निकायले मर्मतमा कुनै ध्यान नदिएको गुनासो गरे । स्थानीयले तत्काल सडक मर्मत गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सडकको मर्मत गर्ने जिम्मा पाएको सडक विभागले लामो समयसम्म पनि सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम नगरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । यता सडक डिभिजन कार्यालयले भने ढुङ्गा, गिट्टी निकासीमा आपूर्ति नभएकाले मर्मतको काम गर्न नसकिएको बताएको छ ।

काठमाडौं, बैशाख १८ – भारतको प्रधानमन्त्री बन्ने

6840_digvijay-1काठमाडौं, बैशाख १८ – भारतको प्रधानमन्त्री बन्ने घोषणासहित चुनावमा उत्रिएका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी पनि विवाहित रहेको खुलासा भएको केही दिन नबित्दै भारतीय कांग्रेसका महासचिव दिग्विजय सिंहको पनि यस्तै खुलासा भएको छ र यो खुलासा सिंहले स्वयं आफ्नो ट्वीटरमार्फत् हिजो खुलासा गरेका हुन् । सिंहलगायत काँग्रेसका कार्यकर्ताले मोदीबारे खुलासा गरेपछि बाध्य भएर मोदीले जशोदावेनलाई आफ्नो श्रीमती स्वीकार गरेका थिए । तर त्यसको केही दिन नवित्दै मोदीका समर्थकहरुले पनि महासचिव सिंहको भेद खोलदिएका छन् । समाजिक सञ्जालमार्फत् महासचिव सिंह र टेलिभिजनका पत्रकार अमृता रायको सम्बन्धको बारेमा हल्ला मचाई दिए । फोटो र भिडियोसहित फेसबुक र ट्वीटरमार्फत प्रचार प्रसार गरिदिए । अन्त्यमा गएर महासचिव सिहले अमृतासँगको सम्बन्धलाई स्विकार गर्दै आफ्नो ट्वीटरमा लेखे, ‘मलाई यो कुरा स्विकार गर्नमा कुनै हिचिकिचाहट छैन कि अमृत रायसँग मेरो सम्बन्ध छ । उनी र उनका श्रीमान पहिला नै आपसी सहमतिमा सम्बन्ध विच्छेद लिनका लागि निवेदन गरेका छन् । एक पटक यसको फैसला होस् 

३१ दलको बैठकमा सहमतिको समय सार्ने प्रस्ताव



काठमाडौं, भदौ २०–विधान निर्माणका प्रमुख विवादित विषयमा सहमति जुटाउनका लागि संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको संयुक्त बैठक बिनानिश्कर्ष सकिएको छ ।

6 dal आज बिहान प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकले संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्ने र समान धारणा तय गर्ने भनी गरेको निर्णयबमोजिम संविधानसभा सचिवालयमा संयुक्त बैठक बसेको थियो ।
बैठकमा अधिकांश दलले विवादित विषयमा सहमतिमा पुग्नको लागि समय सार्ने प्रस्ताव राखेका थिए । खासगरी एमाओवादी र मधेसवादी दलहरु समय सार्ने पक्षमा थिए तर, कांग्रेस एमाले भने सो प्रस्तावको अस्विकार गरेका थिए । यस विषयमा दुई पक्षबीच चर्काचर्की नै परेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
ति नेताका अनुसार सहमति भएका र नभएका विषय संविधानसभा पठाउने कांग्रेस एमालेले अडान लिएका थिए । तर, एमाओवादी र मधेसवादी दलले सबै विषयलाई एकै साथ लगिनुपर्ने भन्दै समय सार्ने प्रस्ताव गरेका थिए ।
मालेका महासचिव सीपी मैनालीले सहमतिको समयसीमा दुई साता थप्न बैठकमा प्रस्ताव गरेको र त्यसमा एमाओवादी र मधेसी दल सकारात्मक भएपनि कांग्रेस एमालेले अस्विकार गरेको बताइएको छ ।
संविधान निर्माणमा प्रमुख दलहरुबीच शासकीय स्वरुप, राज्य पुनः संरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीमा विवाद रहँदै आएको छ । विवादित विषयमा सहमति जुटाउने र कार्यतालिकाभित्रै संविधान निर्माण गर्ने ध्येयका साथ नेताहरु छलफलमा जुटेपनि ठोस सहमति हुन सकेको छैन ।
प्रमुख राजनीतिक दल र संविधानसभा बाहिर रहेको नेकपा–माओवादीको बिहीबारको बैठकले संविधान निर्माण प्रक्रियामा सबै वर्ग तथा क्षेत्रलाई समान प्रतिनिधित्व गराउने र राष्ट्रिय राजनीतिक सभा गर्ने महत्वपूर्ण सहमति भएपनि आज फेरि दलहरुबीच विवाद बढेको हो ।
संविधानका विवादित विषयमा सहमतिमा पुग्नको लागि तोकिएको कार्यतालिका शनिबार सकिँदै छ ।