![]() |
काठमाडौं । नयाँ संविधान लेखन प्रक्रिया भन्दा बाहिर रहेको नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपमा माओवादीले नयाँ संविधान जारी गर्ने असोज ३ नेपाल बन्दको घोषणा गरेको छ । क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने संविधान ल्याउन लागेको भन्दै उसले बन्दको आयोजना गरेको प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
?????????????????????????????????????????????????????????
‘यो देशका दलालहरुले क्रान्ति र परिवर्तनको ऐतिहासिक प्रक्रियामा इतिहासलाई मात गर्ने गरी गरेको राष्ट्रघात र जनघातका विरुद्ध हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादीले ०७२ असोज ३ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ’, पार्टी
प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ द्वारा मंगलवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
उसले तीन दल र सरकारद्वारा जारी गर्ने भनिएको संविधान नेपाली जनताले ०७ सालदेखि गर्दै आएको संघर्ष र विशेषतः १० वर्षको महान् जनयुद्ध एवं १९ दिनको ऐतिहासिक जनआन्दोलनका राजनैतिक एजेण्डा विपरित भएको उसले दावी गरेको छ ।
माओवादीले संविधानसभाबाट जनसंविधान जारी गरि राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति लाई ठुला तीन दलले निस्तेज पारेको समेत आरोप लगाएको छ ।
‘नेपालको विधमान सामन्ती, एकात्मक र केन्द्रीकृत राज्यसत्ता र शासन व्यवस्थाको परिवर्तन गरी वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गीक एवं सामाजिक सांस्कृति विभेदको अन्त गर्ने र प्रतिस्प्रधात्मक वहुदलीय शासन व्यवस्थाको स्थापना जननिर्वाचित संविधानसभाबाट जनसंविधानद्वारा राज्यको अग्रगामी पूनर्संरचनाको लक्ष्यसहित माओवादी र संसदवादी शक्तिबीच भएको रोल्पा वार्ता, वृहत शान्ति सम्झौंता लगायत सबै सहमति एवं सम्झौंता र ०६३ साल यता तय गरिएको शान्ति प्रकृया, माओवादी एवं संसदवादी शक्तिबीचको सहकार्यलाई पूर्ण रुपले निस्तेज पारेको छ’, विज्ञप्तिमा भनिएको छ ।

0 comments:
Post a Comment